समाचार
संक्षिप्त परिचय
साविकमा नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक बारा जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रका पाँच गाउँ विकास समितिहरु भलुही भरवलिया, फेटा, बतरा, रघुनाथपुरको वडा नं. ८ र ९, पुरैनियाको संयोजन भई हाल २ नं. प्रदेश अन्र्तगतका स्थानिय तहहरु मध्ये फेटा गाउँपालिका एक २०७३।११।२७ गठित स्थानिय तह हो । भौगोलिक रुपमा ग्रामिण क्षेत्र भए ता पनि फेटा गाउँपालिकाको पर्यटकिय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । व्यवसायीक माछापालनले यस गाउँपालिकालाई थप पृथक पहिचान दिएको छ । अवलोकन भ्रमण, खैरातीमाई सामुदायिक वनवाट जडिबुटी उत्पादन गरि संकलनको दृष्टिकोणवाट र बारा जिल्लाको त्रिवेणी धाम जस्तो महत्वपूर्ण धार्मिक तिर्थ स्थलको सम्भावना बोकेको साविक फेटा गाउँ विकास समितिको नामबाट फेटा गाउँपालिका भनी यस स्थानिय तहको नामाकरण गरिएको हो ।
स्थापना: २०७३
जम्मा वडा: ७
क्षेत्रफल: २३.६५ ( वर्ग कि.मी.)
जनसंख्या: २६,७२२
समावेश गाविसहरू: भुलही, भरबलीया, रघुनाथपुर (८,९), बतरा, पुरैनिया र फेटा गाविस
वडा विभाजन
वडा नं. समावेश भएको साविक गा.वि.स.हरु साविक वडा नं.
१ भलुही भरवलिया १–९
२ फेटा १ र ९
३ फेटा २–८
४ बतरा १–९
५ रघुनाथपुर ८ र ९
६ पुरैनिया ७–९
७ पुरैनिया १–६